मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद मगरले भने- राजीनामा दिने मनसाय बनाइसकेँ – Nepal Press

मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद मगरले भने- राजीनामा दिने मनसाय बनाइसकेँ

विराटनगर । मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा गर्ने धम्की दिएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको नेपाल प्रेसलाई बताए ।

शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् ।

उनले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले आफूले प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाएको बताए । उनले भने, ‘आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासंग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिने मनसाय बनाई सकेको छु।’

उनी उदयपुरको क्षेत्र नम्बर २ को कोशी प्रदेश १ बाट निर्वाचित माओवादी सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि मगर सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

2 thoughts on “मन्त्री नबनाएपछि कोशीका माओवादी सांसद मगरले भने- राजीनामा दिने मनसाय बनाइसकेँ

  1. माओवादी पार्टी होईन । प्रचण्डको प्राईभेट कम्पनि हो । उनको परिवार र आफन्तले नखाइ अरूले पाउने कुरै भएन नि । तपाईं सोझो मान्छे गलत पार्टीमा पर्नुभयो ।

    1. प्रचण्ड एण्ड कम्पनी हो अरू त दास हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर