नेप्से परिसूचक २८ अंकले बढ्यो – Nepal Press

नेप्से परिसूचक २८ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको हो । अघिल्लो साता लगातार घटिरहेको बजारमा आज हिरियाली छाएको हाे ।

यस दिन बजारमा ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्री हुदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज रावा इनर्जी डेभलपमेन्ट र सिटी होटल लिमिटेडले सर्वाधिक नाफा कमाउका छन् । भने हिमालयन्स लाइफ इन्सयोरेन्स १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । आइतबार बजार पूँजीकरण ३० खर्ब ५२ अर्ब रुपैयाँ बढि रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर