सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा कांग्रेस संसदीय दलको बैठक, बजेटको समीक्षा हुँदै – Nepal Press

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा कांग्रेस संसदीय दलको बैठक, बजेटको समीक्षा हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो । बजेट आएको २५ दिनसम्म पनि प्रदेश सभा बैठकमा बजेट माथिको छलफल सुरु हुन सकेको छैन । कांग्रेसको नेतृत्वमा सरकार रहेपनि बजेटमा सबै भन्दा धेरै असन्तुष्टि कांग्रेसकै सांसदहरूले पोखिरहेका छन् ।

बजेटमाथिको गुनासो सम्बोधन गर्न मुख्यमन्त्री कार्यालयमा कांग्रेस संसदीय दलको बैठक सुरु भएको हो । भोलीबाट प्रदेश सभा बैठक सुरु गर्ने सभामुख भीम भण्डारीले तयारी गरिरहेका छन् । आज कांग्रेस संसदीय दलको बैठकले बजेटको समीक्षा गर्दै आगामी योजना पारित गर्ने बताइएको छ ।

संसदीय दलको बैठकमा उपस्थित सबै सांसदहरूलाई योजना र बजेट अध्ययनको लागि फायल समेत उपलब्ध गराइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर