काठमाडौंमा मर्निङ वाकमा निस्किएका महिलालाई पिछा गर्दै लुटपाट गर्ने गिरोह पक्राउ (भिडिओ) – Nepal Press

काठमाडौंमा मर्निङ वाकमा निस्किएका महिलालाई पिछा गर्दै लुटपाट गर्ने गिरोह पक्राउ (भिडिओ)

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ ।

उनीहरूलाई असार २२ गते पक्राउ गरिएको थियो । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले असार १९ गते चक्रपथ बंगलामुखी मन्दिर नजिकै ६० वर्षकी कान्छी श्रेष्ठ, २० गते पौने ५ बजे टोखामा मर्निङ वाक निस्किएकी ४३ वर्षीया रिता श्रेष्ठ, त्यही दिन पौने ६ बजे खागलमा मर्निङ वाक हिँडेकी वृद्धा सरस्वती डंगोललेको सिक्री लुटपाट गरेका थिए ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका दुरागाउँका रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी र भारत पश्चिमबंगाल घर भई हाल न्युरोड बस्दै आएका श्रीकान्ता माईती छन् ।

उनीहरूको साथबाट ११.२ ग्रामको सुनको ढिक्का १ थान, लुटपाटमा प्रयोग गरिएको मोटरसाइकल २ थान, मोबाइल ६ थान र ४७ ग्रामको सुनको नेक्लेस बरामद गरिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर