शीर्ष नेताबीच सहमति भएपनि एकाएक सारियो सदन – Nepal Press

शीर्ष नेताबीच सहमति भएपनि एकाएक सारियो सदन

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै आइतबार १ बजेका लागि तय भएको बैठक सोमबार ३ बजेसम्मका लागि सारिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै सदन अवरोध गर्दै आएको थियो ।

आज प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संसदको अवरोध हटाउने सहमति गरेका थिए । बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गर्ने समझदारी बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर