सकियो शीर्ष नेताको बैठक, ओलीको छोटो प्रतिक्रिया- भरे देख्नुहुन्छ – Nepal Press

सकियो शीर्ष नेताको बैठक, ओलीको छोटो प्रतिक्रिया- भरे देख्नुहुन्छ

काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बसेको थियो । देउवा र ओली बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक राखेका थिए ।

बैठकबाट बाहिरिने क्रममा देउवा र ओलीले खासै प्रतिक्रिया दिन मानेनन् । आजको बैठकमा के सहमति भयो ? सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘भरे देख्नुहुन्छ।’

प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले सदन २ घण्टा पछि सारेका छन् ।

एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर