सभामुखलाई प्रधानमन्त्रीको टेलिफोनपछि प्रतिनिधिसभाको बैठक दुई घण्टापछि सर्‍यो – Nepal Press

सभामुखलाई प्रधानमन्त्रीको टेलिफोनपछि प्रतिनिधिसभाको बैठक दुई घण्टापछि सर्‍यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले बैठक सारेका छन्।

एक बजेका लागि तय गरेको बैठक दुई घण्टापछिका लागि सारेको हो।

प्रधानमन्त्रीले सभामुखसँगको टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिएका थिए।

एमालेले अडान नछाडेपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीले गत सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर