गण्डकी प्रदेश सांसदको गुनासो- सांसद बस्ने ठाउँ सानो भयो, कुर्चीका फर्म पुराना भए – Nepal Press

गण्डकी प्रदेश सांसदको गुनासो- सांसद बस्ने ठाउँ सानो भयो, कुर्चीका फर्म पुराना भए

पोखरा । गण्डकी प्रदेशका सांसदले प्रदेश सभा रहेको कुर्चीका फर्महरू पुराना भएको गुनासो गरेका छन् ।

सांसद विकल शेरचनले प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद बस्ने कुर्चीका फर्महरू पुराना भएको गुनासो गरेका हुन् ।

‘हामी माननीयहरू यस सभामा आएर बस्दा खेरि ठाउँको संकुचन त छदै छ । हाम्रा कुर्चीहरूको पनि फर्महरू अत्यन्तै पुराना भएका कहिले यता, कहिले उता बसिराख्दा खेरि अब आउने आर्थिक वर्षमा चाहिँ यो फर्महरू परिवर्तन गरिदिनुहुन म ध्यानाकर्षण गराउँदछु,’ सांसद शेरचनले भने ।

प्रदेश सभामा ताररहित माइकको व्यवस्था गर्न सांसद शेरचनले माग गरे ।

उनले भने, ‘हामीले हाम्रा कुराहरू राख्दै गर्दा जुन माइकको व्यवस्था छ, अन्य प्रदेश सभामा केन्द्रमा हामीले देखेको कम्तीमा ताररहित माइकको व्यवस्था भएमा माननीय ज्यूहरूले राख्ने कुराहरू अझै व्यवस्थित हुन्थ्यो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर