अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिँदै : जर्मनी, अष्ट्रिया, स्पेन, क्यानडा, बेलायतको विरोध – Nepal Press

अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिँदै : जर्मनी, अष्ट्रिया, स्पेन, क्यानडा, बेलायतको विरोध

काठमाडौं । अमेरिकाले घातक क्लस्टर बम युक्रेनलाई दिने निर्णय गरेकोमा अमेरिकाकै समर्थक देशहरूले विरोध गरेका छन् ।

जारी रुस युक्रेन युद्धमा प्रयोग गर्ने नाममा दिइन लागेको क्लस्टर बमले धेरै घातक परिणाम ल्याउने भन्दै जर्मनी, अस्ट्रिया, स्पेन, क्यानडा र बेलायत लगायतका देशहरूले विरोध गरेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनाकले बेलायत क्लस्टर बम उत्पादन, प्रयोग र निर्यातको विपक्षमा भएको बताएका छन् भने क्यानडा सरकारले शनिवार क्यानडाली प्रसारक सिटिभीसँग बोल्दै क्लस्टर बम दिइएकोमा विरोध गरेको छ ।

शुक्रवार अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिने निर्णय सार्वजनिक गरेको छ । रुसले उक्त निर्णयको सार्वजनिक विरोध गरेको थियो ।

रुसले मात्रै होइन अमेरिकी साझेदारहरूले समेत अहिले विरोध गर्न थालेका छन् । अमेरिकी सरकारले भने क्लस्टर बम दिने निर्णयको बचाउ गरेको छ ।

शनिवार पेन्टागनका अधिकारीहरूले पत्रकारसँग बोल्दै युक्रेनी जनताको लागी क्लस्टर बम भन्दा रुस घातक भएको भन्दै दिन आवश्यक रहेको बताएका थिए ।

के हो क्लस्टर बम ?

क्लस्टर बम धेरै बमका छर्राहरू छरेर धेरै क्षेत्रमा हमला गर्ने एक प्रकारको घातक बम हो । यो बम् रकेट, मिसाइल र आर्टिलरी आदिबाट प्रहार हुने बीबीसीले उल्लेख गरेको छ । ट्रेन्चमा हुने सैनिकहरूलाई यसले धेरै असर गर्ने गर्छ ।

बम प्रहार गरेपछि घातक छर्राहरू बिचबाट निस्कन थाल्छन् । बम लक्षित क्षेत्रमा खस्छ । खसेपछि पनि तत्काल नपड्केर क्रमशः पड्किने गर्छ ।

यही घातक प्रकृतिकै कारणले बेलायत, जर्मनी, फ्रान्स लगायतका विश्वका १०० देशहरूले यो बम प्रयोग नगर्ने प्रतिबद्धता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर