गायक तामाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रज्ञा प्रतिष्ठानमा (भिडिओ) – Nepal Press

गायक तामाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रज्ञा प्रतिष्ठानमा (भिडिओ)

काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लाग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न संगीत तथा नाट्य एकेडेमीको प्रांगण, नक्सालमा राखिएको हो ।

श्रद्धाञ्जली अर्पणका लागि कलाकारहरु अहिले नाट्य प्रतिष्ठनमा छन् ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राख्ने भनिएपनि १० देखि १२ बजेसम्म त्यहाँ राखिने बताइएको छ ।

१२ बजेपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।

गायक रोविनको गत मङ्गलवार निधन भएको थियो। उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर