असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशत मात्र रोपाइँ – Nepal Press

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशत मात्र रोपाइँ

सुर्खेत । कर्णालीमा असार सकिन लाग्दा करिब ६० प्रतिशत धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ ।

दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुन सकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशत मात्रै रोपाइँ भएको हो ।

यसै गरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ ।

कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *