आँचल शर्मा पुगिन् साइबर ब्युरो – Nepal Press

आँचल शर्मा पुगिन् साइबर ब्युरो

काठमाडौं । आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् ।

शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कारबाही गर्न भन्दै निवेदन दिएकी हुन् ।

आँचलको निवेदनमा ‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’ भनी लेखिएको छ ।

उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्बिर, अक्षर स्क्रिन सट पनि पेश गरेकी छन् ।

 

यता, यसैबीच अभिनेता दयाहाङ राईले यस विषयमा फेसबुक पोस्ट गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर