ओखलढुंगामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते – Nepal Press

ओखलढुंगामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

आज बिहान करिब साँढे १० बजेतिर स ७ प ८६८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक मानेभञ्ज्याङ गाउँपालिका ५ का ३५ वर्षीय उत्तम राई र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका ३९ वर्षका दान बहादुर श्रेष्ठ घाइते भएका छन्।

उनीहरूको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

मानेभञ्ज्याङ गाउँपालिका ५ को हिट्टी भन्ने स्थानको दक्षिण तर्फबाट उत्तर तर्फ आउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु, ओखलढुङ्गा पठाइएको छ।

हाल उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर