समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै – Nepal Press

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादी का नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।


प्रतिक्रिया

One thought on “समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

  1. दिल्लीका दलालहरूको पहिलो बैठक बस्ने । मुख्य एजेण्डा देश कसरी बेच्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर