मकवानपुरमा ट्रक दुर्घटना: जलेकाे अवस्थामा ३ जनाको शव फेला – Nepal Press

मकवानपुरमा ट्रक दुर्घटना: जलेकाे अवस्थामा ३ जनाको शव फेला

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर ट्रकमा आगलागी हुँदा जलेर तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार चितवनको राप्ती नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी ३ बस्ने २० वर्षीय अमृत प्रजाको मृत्यु भएको हो ।

गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रक आगलागी भएको थियो ।

यसअघि प्रहरीले ट्रक चालकहरु मात्र घाइते भएको जानकारी दिएको थियो । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार दुघटनामा ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर