रुपन्देहीमा विद्युत् प्राधिकरणस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रातियोगिता आयोजना – Nepal Press

रुपन्देहीमा विद्युत् प्राधिकरणस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रातियोगिता आयोजना

रुपन्देही । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन खेलकुद विभागको आयोजनामा रुपन्देहीमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रातियोगिता आयोजना गरिने भएको छ । यो रुपन्देहीमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता साउन ४ देखि ६ गतेसम्म रुपन्देहीको तिलोत्तमा ब्याडमिन्टन क्लबमा सञ्चालन हुने युनियनका लुम्बिनी प्रदेश अध्यक्ष तथा खेल संयोजक टेकबहादुर बुढाले जानकारी दिए ।

प्रतियोगितामा बिभिन्न चार इभेन्ट्समा खेल खेलाइने र बिजेता खेलाडीलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको संयोजक बुढाले बताए । प्रतियोगिताका इभेन्टहरुमा मेन्स डवलका बिजयी खेलाडीलाई प्रथम पुरस्कार ४० हजार, द्वितीय २० हजार र तृतीय पुरस्कार १० हजार राखिएको छ ।

यस्तै वोमेन डवलतर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय राखिएको छ । यस्तै अधिकृतस्तरको इभेन्टमा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय र भेट्रान डवल तर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार ७ हजार ५ सय राखिएको छ ।

उनले प्रतियोगितामा देशभरका विद्युत प्राधिकरण अन्तर्गतका खेलाडीमध्ये ४ वटै बिधामा ६० भन्दा बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको बताए ।

प्रतियोगिता अन्तर्गत साउन ४ र ५ गते सेमिफाइनल प्रतियोगिता सञ्चालन हुनेछन् भने साउन ६ गते फाइनल प्रतियोगिता सञ्चालन हुने संयोजक बुढाले जानकारी दिए । यस्तै ६ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिंसिङकाे आतिथ्यतामा पुरस्कार वितरण तथा बिशेष कार्यक्रम आयोजना गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *