करण र ज्ञानेन्द्रलाई बाहिर राखेर इमर्जिङ कपका लागि नेपाली टाेली घाेषणा – Nepal Press

करण र ज्ञानेन्द्रलाई बाहिर राखेर इमर्जिङ कपका लागि नेपाली टाेली घाेषणा

काठमाडौं । आसन्न एसिसि इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

श्रीलंकामा हुने प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका हुन् ।

सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी-२० का कारण राष्ट्रिय टोली बाहिर रहेका हुन् । उनीहरुको स्थानमा युवा खेलाडीहरुलाई अवसर दिइएको छ ।

जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर