क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ – Nepal Press

क्रान्तिकारी स्ववियु काउन्सिल संयोजकमा रेशमलाल श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)को क्रान्तिकारी स्ववियु काउन्सिल तेस्रो राष्ट्रिय भेलाले संयाेजकमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।

काउन्सिलमा ५७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएका छन् ।

श्रेष्ठ सानोठिमी क्याम्पस भक्तपुर सभापति हुन् । त्यस्तै, सहसंयोजकमा सितल क्याम्पस चौरजहारी रुकुमपश्चिम सभापति निराजन केसी र सचिवमा मकवानपुर बहुमुखी क्याम्पस सभापति छईसाङ् लामा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश संयोजकहरुमा कोशी प्रदेश-सिमान्त लुइँटेल, मधेश प्रदेश जयकृष्ण यादव, बागमती प्रदेश-राजेन्द्र पनेरू, गण्डकी प्रदेश-निसाना मगर, लुम्बिनी, प्रदेश-हरेन्द्र बिक, कर्णाली प्रदेश हिक्मत सिंह, सुदुरपश्चिम-प्रेम सहकारी र उपत्यका विशेष प्रदेश अभिषेक थापासहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

स्ववियु काउन्सिल भेलालाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

भेलाको दोस्रो दिन पार्टी महासचिव देव गुरुङ् उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायत पुगेर प्रशिक्षण दिएका थिए ।

गएको चैत्रमा सम्पन्न स्ववियु चुनावमा कर्णाली र वागमति प्रदेशमा पहिलो संगठन हुँदै अखिल(क्रान्तिकारी)बाट देशभरी ८३ क्याम्पस सभापति, ३२४ पदाधिकारी र सदस्य सहित ८५१ जना निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर