प्रहरी कार्यालय परिसरमा भेटियो ग्रेनेड – Nepal Press

प्रहरी कार्यालय परिसरमा भेटियो ग्रेनेड

कैलाली । कैलालीको एक प्रहरी कार्यालय परिसरमा विस्फोटक पदार्थ (बम) फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा दबिएर रहेको अवस्थामा ग्रेनेड बम फेला परेको हो ।

प्रहरी कार्यालय क्षेत्र नजिकैबाट अहिले नाली निकासको काम भइरहेको छ । त्यही क्रममा बम फेला परेपछि प्रहरीले बढैपुरस्थित नेपाली सेनालाई जानकारी गराएको थियो ।

त्यसलगत्तै आएको नेपाली सेनाले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।

उक्त प्लास्टिक ग्रेनेड बम द्वन्द्वकालको हुनसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *