न्यूयोर्कको तेन्जिङ नोर्गे शेर्पा वेमा पूर्वमुख्यमन्त्री शेरधन राई दम्पतीको क्लिक – Nepal Press

न्यूयोर्कको तेन्जिङ नोर्गे शेर्पा वेमा पूर्वमुख्यमन्त्री शेरधन राई दम्पतीको क्लिक

काठमाडौं । हाल अमेरिका भ्रमणमा रहेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई दम्पतीले आफ्नो नेपाल फिर्ता अगाडि न्यूयोर्कको तेन्जिङ नोर्गे शेर्पा वेमा पुगेर तस्बिर लिएका छन् ।

एक महिना अघिमात्रै सगरमाथाका प्रथम आरोही नेपालका तेन्जिङ नोर्गे शेर्पाको नाममा बनेको वेमा पुगेर शेरधन राईले श्रीमती जाङ्मु शेर्पासँगै तस्बिर लिएका हुन् ।

सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा गत मे अन्तिम हप्तामा अमेरिकाको व्यापारिक राजधानी न्यूयोर्कको एक गल्लीको नाम तेन्जिङ नोर्गे राखिएको थियो । कुइन्ज स्ट्रिट नाम रहेको उक्त गल्लीलाई तेन्जिङ नोर्गे गल्ली बनाइएको थियो ।

न्यूयोर्क सिटी काउन्सिलले एक ऐन बनाएरै गल्लीको नाम तेन्जिङ नोर्गे बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर