वन रक्षक पदमा अर्काको नामको परीक्षा दिने ३ जना पक्राउ – Nepal Press

वन रक्षक पदमा अर्काको नामको परीक्षा दिने ३ जना पक्राउ

पोखरा । कास्कीको वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका १५, फुलवारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालन भएको वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने कास्कीका ३ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

कागजातहरू चेकजाँच गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिकाका बस्ने १९ वर्षीय प्रेम भण्डारी, २० वर्षीय गौरी संज्याल र १८ वर्षीयको एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

परीक्षार्थीको नामको सक्कल नागरिकतामा आआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको डीएसपी विकले बताए । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *