सिलगढी बजारमा प्रत्येक घरलाई दुई गमला वितरण – Nepal Press

सिलगढी बजारमा प्रत्येक घरलाई दुई गमला वितरण

डोटी । डोटीको सिलगढी बजारका प्रत्येक घरलाई दुई गमला वितरण गरिएको छ । दैलोमा फुलका गमला राखेर बजारको सौन्दर्य बढाउन दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को कार्यालयले घर–घरमा गमला वितरण गरेको हो ।

जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजारको सौन्दर्य बढाउन बजार क्षेत्रका प्रत्येक घरधुरीलाई दुई गमला बितरण गरिएको वडाध्यक्ष नरेश मलासीले जानकारी दिए ।

उनले गमलामा फुल घरधनी स्वयंले लगाउनु पर्ने गरि वडा कार्यालयले गमला बितरण गरेको बताए ।

उनले चालू आर्थिक वर्षका लागि बस्तीस्तरको योजना तर्जुमा भेलाबाट माग भई आएको योजनाअनुसार वडा कार्यालयमार्फत ३७५ परिवारलाई ७ सय ५० प्लाष्टिकका गमला बितरण गरिएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर