के हो सुर्खेतको उपभोक्ता समितिको रकम लुटपाट विवाद ? वडाध्यक्ष भन्छन्- सुनको जुत्ता लाएर जन्मेको मान्छे हुँ (भिडिओ) – Nepal Press

के हो सुर्खेतको उपभोक्ता समितिको रकम लुटपाट विवाद ? वडाध्यक्ष भन्छन्- सुनको जुत्ता लाएर जन्मेको मान्छे हुँ (भिडिओ)

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा-३ का वडा अध्यक्ष विनोदसिंह विष्टले एक उपभोक्ता समितिको पैसा जफत गरेर फरार भन्दै प्रहरीमा उजुरी परेको छ ।

बिहीबार दिउँसो वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ जफत फरार भएको भन्दै उजुरी परेको हो ।

खोर्केखोला तटबन्धन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर शाहीको घरबाट उक्त रकम जफत गरेको भन्दै उपभोक्ता समितिले उजुरी हालेको हुन् । समितिका सदस्यहरुले वडा अध्यक्ष विष्टलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताउँदै आएका छन् ।

टोल विकास समितिको घरमा उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषध्यक्ष, सदस्य सहितले काम गरेको हिसाब बाँडफाँट गर्ने समयमा तीनजना गुण्डा शैलीमा आएर राखेको रकम जफत गरेर भागेको उपभोक्ता समितिका अध्यक्ष शाहीको श्रीमती विपना शाहीले बताइन् ।

भिडिओ

उनले भनिन्, ‘म प्रत्यक्षदर्शी हुँ । पैसा समातेर तीनजना फरार भएका हुन् ।’ वडाध्यक्ष जस्तो उच्च गरिमा पदमा बसेर भएका समस्यालाई सुल्झाउने नभएर गुण्डा ल्याएर दादागिरी देखाउने गरेको शाहीले भनिन् ।

प्रगतिनगर टोल विकास अध्यक्ष ढाका गिरीले टोल विकास अध्यक्षको रोहवरमा रकम बढ्ने भनेर उपभोक्ता समितिका आफ्नो घरमा आएको त्यही समयमा वडा अध्यक्षसहित अन्य दुईजनाले कोठामा राखेको रुपैँया समातेर फरार भएको बताइन् ।

यस्तै, उपभोक्ता समिति सचिव बालकुमारी बुढाले पैसा समातेर जाने सुशील गुरुङ रहेको र वडा अध्यक्ष पनि सँगै गएको जानकारी दिइन् ।

साथै, उपभोक्ता समितिको रकम समातेर फरार भनिएका सुशील गुरुङले आफू व्यवसायी भएको र आफ्नोबाट लिएको ढुङ्गा र गिटी बालुवाको बाँकी रहेको रकम नदिएको उपभोक्ता समितिलाई आरोप लगाएको छन् ।

उनले भने, ‘मेरो बाँकी रहेको ४ लाख रुपैयाँ माग्दा समितिका अध्यक्षले विभिन्न बाहनामा बनाउँदै आउनु भयो । तर, अहिले मलाई जे पायो त्यही आरोप लगाइएको छ । म भागेको छैन उनीहरुले मेरो लाज गराएका हुन् ।’

वडाध्यक्ष विष्टका अनुसार उपभोक्ता समितिका अध्यक्षले घुस दिनका लागि बारम्बार झोला ल्याउन आग्रह गरेको बताएका छन् । काम गरेर बचेको पैसाले त्यही ठाउँमा काम गर्दिन आग्रह गरेको थिए तर उहाँहरुले तपाईंलाई पैसा कति चाहियो भनेर सोध्ने गरेको अध्यक्ष विष्टले भने । यो सत्य हो मैले झुट बोलेको छैन उनको भनाई छ ।

अध्यक्ष विष्टले भने, ‘उपभोक्ता समिति अध्यक्ष शाहीको श्रीमती मेरो परिवारसँग गएर २ लाख रुपैयाँ लिएर दिन जानु भएको रहेछ । मेरो परिवारलाई पहिला नै मैले सचेत बनाएको थिए । त्यसपछि उहाँहरुले डेढ लाख रुपैयाँ बाँडेर खाएको देखियो । बचेको साढे ६ लाख रुपैयाँ हिसाब गरेर पार्टीलाई दिऊँ भन्ने कुरा गर्नुभएको थियो मैले जे गर्नुस गर्नुुस भनेको थिए । बचेको पैसा पार्टीलाई दिनु भन्दा पुन काम गर्नुस भनेर भनेको थिए ।’

वडाध्यक्ष विष्टले आफूमाथि लागेको आरोप झुटो भएको बताए । आफूले कसैलाई धम्की नदिएको र रकम पनि नलिएको उनको दाबी रहेको छ ।

प्रदेश सरकारको खोर्केखोला तटबन्धन निर्माणका लागि ३० लाख रुपैयाँ बजेटमा तटबन्धनको काम सम्पन्न भएको थियो । उपभोक्ता समितिले मजदुरलाई भुक्तानी गर्ने रकम नै वडाध्यक्षले धम्काएर लगेको समितिका सदस्य गीताकुमारी खड्काको आरोप छ

यता, समितिका सदस्य खड्काले समितिले दिएको उजुरीलाई तोडमोड गर्न लागेको नेपाल प्रेसलाई जानकारी दिएकी छन् । हामीले फेरि एकपटक पत्रकार सम्मेलन गर्नु पर्ने देखिएको छ । प्रहरी कार्यालयले खासै यो उजुरीलाई गम्भीरतापूर्वक नलिएको बताएकी छन् ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले वडाध्यक्ष विष्टविरुद्ध रकम जफत गरेको ठाडो उजुरी दर्ता भएको जानकारी दिए ।

शाहीले भने, ‘उहाँहरूले वडाध्यक्षले जबरजस्ती पैसा लुटेर फरार भएको भन्ने ठाडो उजुरी दर्ता गराउनु भएको छ, अहिले एकपक्षीय कुरा सुनेका छौँ । हामी अनुसन्धान गर्दैछौँ । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर अनुगमनमा जानु भएको छ । हामीले वडा अध्यक्षलाई कार्यालयमा बोलाएका छौँ आदा घण्टामा आइपुग्नु हुन्छ होला,‘शाहीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *