सरकारप्रति गगन थापा- बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ (भिडिओ) – Nepal Press

सरकारप्रति गगन थापा- बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । यद्यपि, सरकारले अघि सारेको भ्रष्टाचारको अभियानमा साथ रहेको उनको भनाइ छ ।

‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सन्तुष्ट हुने काम गर्न सरकारलाई आग्रह गरे ।

उनको भनाइ जस्ताको तस्तै

अहिले प्रधानमन्त्रीको नेतृत्वमा सुशासनको लागि भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा एकपछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरु हुँदै गइरहेका छन् । त्यसमा हाम्रो शत प्रतिशत समर्थन छ । यो विषय त्यहाँमात्रै नअड्कियोस् । तर, अहिले सत्तापक्षका अधिकांश सांसदहरुमा आक्रोश छ । सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन छ ।

तर, डेलिभरको सन्दर्भमा अहिले जुन खालको अर्थतन्त्र छ । यो आर्थिक संकटको बेलामा सरकारले जसरी काम गरोस् भन्ने थियो आम नागरिकहरुको दुःखमा थोरै भए पनि ढाडस दिओस् भन्ने सन्दर्भमा भइरहेको छैन । हामी नागरिकको प्रतिनिधि भएकाले त्यो छट्पटाहट हुन्छ । त्यो आक्रोश हामीमा पनि हुन्छ ।

सरकार सञ्चालन गर्नेहरुले मैले संसदमा पनि भनेको थिएँ । तपाईंहरुले टाउको गनेर मसँग टन्न सांसदहरु छन् । कम्फर्टेबल छु भनेर गठबन्धनका ठूल्ठूला नेताहरु बालुवाटारमा बैठक बस्ने त्यो बैठकमा सब ठीक छ, सब ठीक छ भनेर बस्नुभयो भने कुनै बेला ठीकठाक नहुन पनि सक्छ । त्यो ठीकठाक हामीलाई पनि लाग्नुपर्छ । नागरिकलाई ठीकठाक लागेको बेलामा मात्रै हामीलाई ठीकठाक लाग्छ ।

तर, हामीलाई प्रतिनिधि मानिरहेका जनताले त्यो मानिरहेका छैनन् । त्यसकारण हामीलाई छट्पटाहट छ । हामी काम चाहन्छौं, त्यसतर्फ प्रधानमन्त्रीसहित सरकारमा रहेकाहरुको ध्यान जाओस् । हामी ठीक कामलाई ठीक भन्छौं । नपुगेको कुरामा हामी प्रश्न उठाउँछौं ।


प्रतिक्रिया

One thought on “सरकारप्रति गगन थापा- बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ (भिडिओ)

  1. १) मलाई प्रितम सिंहले प्रधानमन्त्री बनाइदिएको ।
    २) कोशीमा सभामुखलाई पार्टीको पक्षमा नाम दिन आदेश दिएको ।
    ३) भुटानी शरणार्थी र बालुवाटार जग्गाको केशमा स्टन्ट गरेको तर आफूले खाएको विषयमा छानविन नगरेको ।
    ४) शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता लिएर सुशासनको गफ दिएको ।
    ५) विकासको नाममा माखो नमारेको ।
    ६) कामै नगर्ने सबै ठेकेदारको पैसा खाएर एक वर्ष म्याद थपेको
    ७) पशुपतिको जलहरीको सुनको विषयमा सिन्धुलीको दाहाल थरको, जनयुद्वमा जनताको घरको मोटो खसी देख्यो कि चोरी हाल्ने लुटेरा ले ओलिले सुन खाएको भनेको तर अहिले १०८ किलो सुन एक रत्ती पनि हिनामिना नभएको थाहा पाउँदा पनि कान समाएर उठबस नगरेको ई ।
    यी सबै कामको समर्थन जनाउने या त भारतको दलाल हो, या त उसले यो सरकारबाट हण्डी खाईरहेको छ , या त सरकामा गएर लुटन नपाईएला भन्ने चिन्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर