उदयपुर पूर्ण खोप सुनिश्चितता भएकाे जिल्ला घोषणा – Nepal Press

उदयपुर पूर्ण खोप सुनिश्चितता भएकाे जिल्ला घोषणा

काठमाडौं । ‘स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषण गरिएको छ ।

शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरेर उदयपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

उदयपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले उदयपुर १६ देखि ५ वर्ष मुनिका ११ हजार ९५७ जनाले खोप लगाएको र जिल्लामा ड्रपआउट भएका २२२ जना, शुन्यडोज खोप भएका २९ बालबालिकालाई खोप लगाईएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला समन्वय प्रमुख गौरबहादुर बिश्वकर्माले पूर्ण खोप जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै यसलाई दिर्घकालिनरुपमा कायम राख्नु महत्वपूर्ण रहेको बताए ।

उदयपुरमा यसअघि २०७४ साल माघ १६ गते सहिद दिवसका दिन पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गरिएको थियो भने प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *