सभामुखको प्रस्ताव- बैठक स्थगित गरेर वार्ताबाट समस्या समाधान गरौं, सहजीकरण गर्न तयार छु – Nepal Press

सभामुखको प्रस्ताव- बैठक स्थगित गरेर वार्ताबाट समस्या समाधान गरौं, सहजीकरण गर्न तयार छु

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलले गरेको अवरोध हटाउनेबारे छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै सदन अवरोध गरेपछि सभामुखले वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भने, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु ।’

उनले आजको आजको बैठक सूचना टाँसेर बैठक स्थगित गरेर पर्सिसम्ममा सहमति गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर