विवादित शब्द संसदको रेकर्डबाट हटाएपछि हट्यो गण्डकी प्रदेश सभाको अवरोध – Nepal Press

विवादित शब्द संसदको रेकर्डबाट हटाएपछि हट्यो गण्डकी प्रदेश सभाको अवरोध

पोखरा । चीनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज भन्ने शब्द संसदको रेकर्डबाट हटाएसँगै गण्डकी प्रदेश सभाको अवरोध हटेको छ । मन्त्रालय गत विनियोजन बजेटको छलफलका क्रममा प्रदेश सभा सदस्य दोर्णकुमार कुवरले चीनको स्वशासित क्षेत्रमा आवद्ध रहेको माननीयहरुको आवाज भन्नी उल्लेख गरेको थिए ।

सोही विषय संसदको मर्यादा विपरित रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेश सभा अवरुद्ध गरेका थिए । प्रदेश सभा बैठक सुरु भएलगत्तै एमाले सांसद सुधिरकुमार पौडेलले उठेर विरोध जनाएका थिए ।

सभामुखले उक्त शब्द संसदीय मर्यादा विपरित रहेको भन्दै प्रदेश सभाको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएसँगै प्रदेश सभाको अवरोध हटेको हो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै बिहीबारको गण्डकी प्रदेश सभा अवरुद्ध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर