रूपन्देहीमा एमालेले गर्‍याे चार जनालाई कारबाही – Nepal Press

रूपन्देहीमा एमालेले गर्‍याे चार जनालाई कारबाही

रूपन्देही । पार्टी हितविपरीत काम गरेको भन्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी रूपन्देहीले पूर्व नगरसचिवसहित ४ जनालाई कारबाही गरेको छ ।

कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधि विरुद्ध लागेको भन्दै चार जना पार्टी सदस्यलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

पूर्व नगर सचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरिएको नेकपा एमाले नगर अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी पार्टीको बैठकले ३ दिनभित्र सदस्यता नवीकरण गराउने, केन्द्र, प्रदेश र जिल्लाका अध्ययन परिपत्रले निर्देशन गरे अनुसार कार्यान्वयन गर्ने, पार्टी प्रशिक्षण गर्ने, जनवर्गीय संगठनका बैठक, भेला आयोजना गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

एमालेका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज भूमिश्वर ढकालले यो वर्ष एमालेको अधिवेशन वर्ष भएकाले सबै सदस्यहरुलाई आ–आफ्नो ठाउँबाट पार्टीका काममा सकृय हुन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत पोख्रेल, केन्द्रीय सल्लाहकार डा. गितु गिरी, प्रदेश सचिवालय सदस्य अनुप बराल, जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टी निर्णय र हित विपरीत हिंड्ने छुट कसैलाई नभएको बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर