इप्पानले प्रधानमन्त्रीलाई भेटेर भन्यो, ‘ऊर्जा विकास दशक घोषणा गरौं,’ – Nepal Press

इप्पानले प्रधानमन्त्रीलाई भेटेर भन्यो, ‘ऊर्जा विकास दशक घोषणा गरौं,’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समग्र उर्जा क्षेत्रको बारेमा छलफल गरेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले धन्यवाद दिएको छ । इप्पान र प्रधानमन्त्री बीच हिजो छलफल भएको हो ।

असार १ गते आएको भीषण वर्षापछिको बाढीले सञ्चालनमा रहेका १३३ मेगावाट क्षमताका १३ आयोजना र निर्माणाधिन २७७ मेगावाट क्षमताका १७ आयोजनाहरुमा गम्भीर क्षति भएको इप्पानले बताएको छ ।

यस्ता छन् इप्पानको प्रधानमन्त्रीसँग माग
१. क्षतिग्रस्त आयोजनाहरुको पुनः निर्माणको लागि नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा उपलब्ध गराउनु पर्ने ।
२. निर्माणाधिन आयोजनाहरुको निर्माण कार्य पूरागरी विद्युत् उत्पादन शुरु गर्नुपर्ने मिति २ वर्ष थप गर्नु पर्ने ।
३. संचालनमा रहेको विद्युत् आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्नु पर्ने ।
४. पुनः निर्माणको लागि आवश्यक मेसिनरी एवं पाटपुर्जा आयातमा भन्सार तथा मुअकर छुट गर्नु पर्ने ।
५. क्षतिग्रस्त आयोजनाहरुको विद्युत् उत्पादन अनुमती पत्रको अवधी बढाएर ५० वर्ष कायम गर्नु पर्ने ।
६.सर्भेयरको प्रारम्भीक रिपोर्टका आधारमा बीमाबाट ५० प्रतिशत पेश्की दिनको लागि निर्देशन बनाउनु पर्ने ।
७. आयोजना पुनःनिर्माणको लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्नु पर्ने ।
८. ऊर्जा विकास दशक घोषणा गरी संसदबाट पारित गरेर ऊर्जा विकास मैत्री वातावरण गर्नु पर्ने ।
९. ऊर्जा क्षेत्रमा बैंकहरुको लगानी १० वर्षमा २५ प्रतिशत पुर्याउनु गर्नु पर्ने ।
१०. नेपाल विद्युत प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण आयोजनाहरुको विद्युत खरीद बिक्री संझौता तत्काल गर्नु पर्ने ।
११. बजेटमा उल्लेख भए अनुसार निजी क्षेत्रलाई विद्युत् व्यपार गर्न एक नियमावली बनाइ तत्काल कार्यान्वयन गर्नु पर्ने ।
१२. बजेटमा उल्लेख भए अनुसार वन क्षेत्रको जग्गा उपयोग र रुख कटानमा नियमावली बनाइ तत्काल सहजिकरण गनुृ पर्ने ।
१३. बिस्फोटक पदार्थको अभावलाई तत्काल सहजिकरण गर्नु पर्ने ।
१४. विद्युत् ऐन तत्काल पारित गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर