बाबुआमा पार्टीमा गएकाे बेला झुण्डिएका थिए अभिनेता सारुक – Nepal Press

बाबुआमा पार्टीमा गएकाे बेला झुण्डिएका थिए अभिनेता सारुक

काठमाडौं । अभिनेता सारुक ताम्राकार घरमा कोही नभएको बेला झुण्डिएको पाइएको छ। अभिनेता ताम्राकार आमाबुबासहित  रातोपुलस्थित आफ्नै घरमा बस्थे । घरमा आमाबुबा नभएको बेला पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।

३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार परिवारमा उनका बाबुआमा मात्र थिए । बाबुआमा बिहीबार दिउँसाे पार्टीमा गएका थिए । उनी एक्लै घरमा थिए । सोही समयमा आत्महत्या गरेको हुन सक्ने एसपी रिजालको भनाइ छ । प्रहरीका अनुसार बाबुआमा राति ९ बजे पार्टीबाट फर्केका थिए ।  त्यतिबेला  ताम्राकारकाे माेवाइल स्विच अफ थियाे । घर आएर हेर्दा  मुल ढाेकापनि भित्रैबाट बन्द भएकाे  पाइएपछि उनीहरु आत्तिएका थिए । केही समयसम्म  भित्रबाट कुनै प्रतिक्रिया नआएपछि  स्थानीयहरु जम्मा भएर प्रहरीलाई खबर गरेका थिए ।

एसपी रिजालले भने,‘ बुबाआमा पार्टीमा जानुभएको रहेछ । राति घरमा आउँदा  भित्रैबाट लक भएकाे ढाेका लामाे समयसँग नखाेलेपछि प्रहरीलाई  खबर  गरेकाे देखिन्छ ।’

एसपी रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताए । ‘यद्यपि अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं’, उनले भने ।

ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् । हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर