माओवादीको विवादले जीवन आचार्यको भएन नियुक्ति, तीनजनाले मात्र लिए शपथ – Nepal Press
कोशी प्रदेश

माओवादीको विवादले जीवन आचार्यको भएन नियुक्ति, तीनजनाले मात्र लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दुई मन्त्री नियुक्त गर्दै शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री थापासहित, नेपालजी कांग्रेसका प्रदीप सुनुवार र नेकपा एसका कमल जबेगुलाई पद तथा गोपनीयताको शपथ गराए । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

मुख्यमन्त्रीसहित ४ जना मन्त्रीको शपथ गराउने तयारी भएपनि माओवादीले आन्तरिक विवादका कारण मन्त्री पठाएन । जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएकोमा अन्तिममा उनको शपथ रोकिएको छ । जीवन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँसमेत हुन् । शपथ समारोहमा माओवादीबाट कोही उपस्थित देखिएनन् ।

विवादका बीच मुख्यमन्त्री नियुक्तदेखि शपथसम्ममा अन्योल बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर