वडाध्यक्ष र उपभोक्ता समितिबीच विवाद, योजनाको पैसा लुटेर वडाध्यक्षहित ३ जना भागेको आरोप – Nepal Press

वडाध्यक्ष र उपभोक्ता समितिबीच विवाद, योजनाको पैसा लुटेर वडाध्यक्षहित ३ जना भागेको आरोप

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेको आरोप लगाउँदै उजुरी परेको छ ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको आरोप लगाइएको हो ।

उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *