कोशीमा आजै यी तीन मन्त्री नियुक्त गरिने, जसपा अहिले नजाने – Nepal Press

कोशीमा आजै यी तीन मन्त्री नियुक्त गरिने, जसपा अहिले नजाने

विराटनगर । कोशी प्रदेशमा सत्तागठबन्धनका एक-एकजनालाई समेटेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीनजना मन्त्री थपेर शपथ लिने तयारी गरेका छन् । । आज विस्तार हुने मन्त्रिपरिषद्‌मा माओवादी केन्द्रबाट जीवन आचार्य, नेकपा एसबाट कमल जवेगु र नेपाली कांग्रेसबाट प्रदीप सुनुवार मन्त्री बन्ने स्रोतले बतायो ।

सरकार गठनका लागि समर्थन गरेको जनता समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । कोशी नामकरणप्रति जसपाको असन्तुष्टि छ । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सानो आकारको मन्त्रिपरिषद् आजै विस्तार हुने नेपाल प्रेसलाई बताए ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरमा बहुमत पुर्‍याएर गठबन्धनले सरकार बनाएपछि कोशीको मुख्यमन्त्री नियुक्तिप्रति चौतर्फी आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर