मनु मन्जिललाई प्रश्न- कांग्रेस छाडेर रास्वपामा भित्रिनुको कारण के हो ? – Nepal Press
नेपाल टक

मनु मन्जिललाई प्रश्न- कांग्रेस छाडेर रास्वपामा भित्रिनुको कारण के हो ?

काठमाडौं । कविता संग्रह ‘ल्याम्पपोष्टबाट खसेको जून’ लगायत ६ वटा पुस्तक प्रकाशन गरिसकेका कवि मनु मन्जिल लामो समय नेपाली कांग्रेस निकट रहे ।

तर, पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा रहेका मनु मन्जिल कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुको कारण के हो ? रास्वपामा के देखे ? कांग्रेस किन छाडे ? यसपटक हामीले कवि मनु मन्जिलसँग विशुद्ध राजनीतिक विषयमा कुराकानी गरेका छौं ।

– कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नुको कारण के हो ?

म बीपीको प्रजातान्त्रिक समाजवादबाट प्रभावित मान्छे हो । त्यहाँ प्रजातन्त्र पनि छ र समाजवाद पनि छ । हुन त समाजवादमात्रै पनि सुन्दर कुरा हो । त्यसमा थप कुरा मान्छेलाई स्वतन्त्रता पनि चाहिन्छ । बीपीको प्रजातान्त्रिक समाजवादमा दुवै कुरा भएकाले ज्यादै नै राम्रो लाग्थ्यो । तर, पछिल्लो समय त्यो फिलोसोफी त कहाँ गयो गयो !

लामो समय कांग्रेसमा आस्थावान रहें । तर, अहिले आएर केन्द्रदेखि स्थानीय तहसम्म हेर्छु । बीपीको विचार त कता हो कता पातलो हावामा उडेर गइहाल्यो । अब जम्माजम्मी बाँकी रह्यो खेल ! खेल पनि एकदमै क्रूर खेल । त्यसो भए, मैले त्यहाँ किन बसिरहनुप¥यो ? कांग्रेस घर थियो । तर, घरको मूल खम्बामै विश्वास टुट्यो भने के गर्नुहुन्छ ? त्यसकारण रास्वपा प्रवेश गरेको हुँ ।

सक्रिय राजनीति त के गरुँला र ! म कविता लेख्ने मान्छे । तर, रास्वपामा पनि नैतिक स्खलन देखेको दिन छाडिदिन्छु । सही मान्छेलाई सही स्थानमा राख्छौं भनेर आइरहेकाले रास्वपामा गएको हुँ । यदि नैतिकताबाट टाढा रहेको राजनीति देखें भने विल्कुल स्वतन्त्र भएर बस्छु ।

– रास्वपा सही मान्छे सही ठाउँ भनेर अघि बढिरहेको छ भन्नुभयो । रास्वपामा तपाईंको लागि सही ठाउँ के हुनसक्छ ?

म पोलिटिकल मान्छे नै होइन । ननपोलिटिकल प्राणी हुँ म । इमानदारीपूर्वक भन्दाखेरी अरु खेल सबै खेल्न सक्छु । तर, छलकपटको खेल चाहिँ खेल्नै आउँदैन । त्यसमा म केटाकेटी जस्तो निर्दोष छु । कांग्रेसमा मलाई दिक्क लाग्यो, अनि रास्वपामा गएको हुँ ।

२०४६ सालयता ३४ वर्ष भइसक्यो, हाम्रा राजनीतिक पार्टीहरु ल्याब टेस्टमा फेल छन् । रास्वपा आशा देखाएर आएको छ । यो कति सफल हुन्छ, म त्यो हेरिररहेको छु । यो पनि नैतिकताबाट टाढा गयो, उही खेलमा सामेल भयो भने दर्शक भएर बसुँला ।

२०४६ सालयता ३४ वर्ष भइसक्यो, हाम्रा राजनीतिक पार्टीहरु ल्याब टेस्टमा फेल छन् । रास्वपा आशा देखाएर आएको छ । यो कति सफल हुन्छ, म त्यो हेरिररहेको छु । यो पनि नैतिकताबाट टाढा गयो, उही खेलमा सामेल भयो भने दर्शक भएर बसुँला ।

– रास्वपामा तपाईंको सही ठाउँ चाहिँ कहाँ हो ? कहाँ फिट हुनुहुन्छ तपाईं ?

मैले कुनै बार्गेनिङ गरेको छैन । पार्टीको कुनै विभागमा बसेर हेर्नुप¥यो भने साहित्य, कला र संस्कृतिको विभागमा बसेर काम गर्छु । साहित्य, कला, संस्कृतिमा इम्याजिनेसनबाट मात्रै होइन, आफ्नो कामबाट केही गर्न सकियो भने म भाग्यमानी महसुस गर्नेछु ।

– लामो समय बीपीप्रति आस्था राखेर कांग्रेसमा जोडिनुभयो । अहिले कांग्रेस छाड्नुभयो । खासमा कांग्रेसमा समस्या कहाँ रहेछ ?

ग्याप छ । उदाहरणका लागि नेताहरु जनतासँग, हामीसँग अन्तरसंवाद गर्नै चाहनुहुन्न । उहाँहरु आउनुभयो भने सीमित कार्यकर्ताले नेतालाई घेर्छन् । फूलमाला लगाइदिन्छन् । नेतालाई घर लगेर खाना खुवाउँछन् । त्यही पत्रकार बोलाउँछन् । त्यही नेताले भाषण गर्छन् । अनि एयरपोर्ट छिर्छन्, जान्छन् ।

नेता पनि जनतासँग संवाद नै गर्न चाहँदैन । कार्यकर्ताहरु पनि नेताहरुसँग अरु मानिसको संवाद नहोस् भन्ने चाहन्छन् । त्यो बीचमा अप्ठ्यारो सधैं रहिरह्यो ।

बीपीको फिलोसोफी असाध्यै ठूलो फिलोसोफी हो । त्यसलाई साँच्चिकै प्रयोग गर्ने हो भने यो मुलुक साँच्चै बन्थ्यो । तर, त्यो फिलोसोफी त कसैलाई मतलबै भएन । त्यो फिलोसोफी त खोपीको देउतामात्रै बन्यो । त्यही देउतालाई देखाएर चाटुकार पण्डितहरुले जसरी फाइदा लिन्छन् नि, कांग्रेसको राजनीति त्यो दिशामा गयो । मलाई दुःख लाग्यो । तर, नेपाली कंग्रेसप्रति आस्थावान हुँदा जति साथीहरु बने, उहाँहरुप्रति कुनै गुनासो छैन ।

नेताहरु जनतासँग, हामीसँग अन्तरसंवाद गर्नै चाहनुहुन्न । उहाँहरु आउनुभयो भने सीमित कार्यकर्ताले नेतालाई घेर्छन् । फूलमाला लगाइदिन्छन् । नेतालाई घर लगेर खाना खुवाउँछन् । त्यही पत्रकार बोलाउँछन् । त्यही नेताले भाषण गर्छन् । अनि एयरपोर्ट छिर्छन्, जान्छन् ।

– बीपीको प्रजातान्त्रिक समाजवादका कारण कांग्रेस भएँ भन्दै गर्दा अहिले रास्वपामाथि उठेको मूल प्रश्न भनेको यसको सैद्धान्तिक र वैचारिक पाटा हुन् । यस्तो वेला तपाईं बीपी छाडेर रास्वपा प्रवेश गर्नुको औचित्य के हो ?

यो कुरामा सहमत छु । बीपी कोइराला आफैंले पार्टी खडा गर्दा उहाँले एकदमै राम्रो विचारधारा बोकेका मानिसलाई आफ्नो वरिपरि राख्नुभयो र विचारधारा निर्माण गर्नुभयो । रास्वपाले पनि केही विज्ञहरुलाई आफ्नो वरिपरि राखेको छ । उनीहरुसँगै बसेर फिलोसोफीमाथि छलफल चलाइरहेको छ । पार्टीलाई परिवर्तन र विकासको बाटोमा कसरी लान सकिन्छ भनेर बसिरहनुभएको छ । मलाई लाग्छ, फिलोसोफी आउला ।

३४ वर्षदेखि राजनीतिक पार्टीहरु हे¥यौं । अब केही त होला कि भन्ने हो । त्यसका लागि म जोडिएको छु । म अहिले त्यत्रो विधि राजनीतिक भूमिका लिउँला, सांसद होउँला, मन्त्री होउँला भनेर जोडिएको होइन । एउटा आशाले अगाडि जाने बाटो छ भन्ने लागेकाले जोडिएँ ।

– अहिले यस्तो अवस्थामा रास्वपामा हाम फाल्नुभयो कि जसले मोटामोटी रुपमा विचार र सिद्धान्तको रुपरेखा नै तयार गरेको छैन । यस्तो अवस्थामा रास्वपा प्रवेशलाई कसरी अर्थ्याउने ?

म खासमा बाढीमा हाम फालेको छु । यही आशामा कि त्यो सङलिएला र हामी टाढासम्म यात्रा गर्न सकौला । यदि त्यो भएन भने म रास्वपामा रहन्नँ ।

– रास्वपालाई परीक्षण गर्न पनि चाहनुहुन्छ ?

पार्टीले कसरी गति लेला भन्ने मूल कुरा हो । हाम्रो देश, समाज, संस्कृतिमाथि ज्यादै प्रभाव पार्ला भन्ने आशाले जोडिएको छु । हाम्रो देशमा कति सुन्दर संस्कृतिहरु छन् । त्यो विविधतालाई कुनै राजनीतिक दलले सम्मान गरेन । त्यो विविधता त ठूलो सम्पत्ति हो हाम्रो । तर, त्यसलाई विभाजन गरियो ।

नेपाली संस्कृतिको विविधता कति सुन्दर छ भनेर देखाउन सकेको भए कति राम्रो हुन्थ्यो । रास्वपाले त्यो दृष्टि राख्ला भन्ने आशा छ । हामी राष्ट्रवादको कुरा गर्छौं । भारत र चीनको विरोध गरेर राष्ट्रवाद खोज्छौं । तर, राष्ट्रवाद भनेको त आफ्नो मुलुकभित्रको अलग अलग जातजाति, धर्म संस्कृति छन्, तिनीहरुलाई बलियो बनाउनु हो ।

बीपीको फिलोसोफी असाध्यै ठूलो फिलोसोफी हो । त्यसलाई साँच्चिकै प्रयोग गर्ने हो भने यो मुलुक साँच्चै बन्थ्यो । तर, त्यो फिलोसोफी त कसैलाई मतलबै भएन । त्यो फिलोसोफी त खोपीको देउतामात्रै बन्यो । त्यही देउतालाई देखाएर चाटुकार पण्डितहरुले जसरी फाइदा लिन्छन् नि, कांग्रेसको राजनीति त्यो दिशामा गयो ।

हरेक जातजातिको भाषा, धर्म संस्कृति बलियो भयो भने राष्ट्र बलियो हुन्छ । हामीले काम गर्ने त त्यता होला नि त ! आन्तरिक राष्ट्रवाद त्यसरी बलियो बनाउने होला नि त ! हामीले त्यो विविधतालाई सम्पत्ति नै ठानेनौं । आफू राष्ट्रवादी हुनलाई कि सीमाको कुरा गर्नुपर्ने वा भारत र चीनलाई गाली गर्नुपर्ने अवस्थामा छौं ।

– रास्वपाको उदयलाई हेर्दा पुराना दलहरुको औचित्य सकिएको हो कि भन्ने बहस पनि भइरहेको छ । पुराना दलको औचित्य सकिएको विश्लेषण ठीक हो र ?

पुराना दलहरुको अस्तित्व त केही समय रहला । उनीहरुले आफूलाई करेक्सन गर्ने प्रयास गर्लान् । अहिले प्रधानमन्त्री प्रचण्डको ‘हामी अन्तिम अन्तिम जस्तो अवस्थामा आएका छौं’ भन्ने बोलीबाट पनि थाहा हुन्छ, एउटा नयाँ शक्ति अब आयो । हामी बाहिरिने हो कि भन्ने भय देखिन्छ उहाँहरुमा ।

पुराना पार्टीमा युवा पुस्ताका मानिसहरु पनि छन् । तिनीहरु होल्ड भए भने चाहिँ ती पार्टीहरुको औचित्य रहला । पुरानै साँघुरो विचार बोकेका मानिसहरुकै हालिमुहाली भयो भने सकिएर जान्छ ।

– रास्वपा पनि एउटा खहरे जस्तो हो भनेर मान्छेहरुले संशय प्रकट गरिरहेका छन् । तपाईंले कसरी हेरिरहनुभएको छ ?

अहिलेको अवस्थालाई हेर्दा त्यस्तै देखिन्छ पनि । मलाई लाग्छ, रास्वपाको नेतृत्वले त्यति बुझेको छ । जसरी मान्छेले बाढीको रुपमा मात्रै व्याख्या गरिरहेका छन्, यसलाई नदीको रुप कसरी दिने भनेर चिन्तन गरिरहनुभएको छ जस्तो लाग्छ । पार्टीमा विज्ञहरु पनि हुनुहुन्छ । उहाँहरुले पार्टीलाई पचासौं वर्ष, सयौं वर्षसम्म कसरी नदीको रुपमा लान सकिएला भनेर विचार गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

– कवि लेखक सडकको सत्ता हो, प्रतिपक्षमा बस्नुपर्छ भन्छन् । अपर्झट रास्वपामा प्रवेश भयो तपाईंको । यसले तपाईंको प्रतिपक्षीय लेखन, चेतना रास्वपामा समाहित भएको ठान्न मिल्ला र ?

म कांग्रेसप्रति आस्थावान हुँदा पनि स्वतन्त्र आलोचनात्मक टिप्पणीहरु राख्थें । म चाहिँ खुम्चिन चाहन्नँ । अहिले रास्वपामा जाँदा फेरि एउटा कवि खुम्चियो भन्ने व्याख्या त होला ! गाली पनि खाइरहेको छु । गाली खान सिक्नु पनि परेको छ मैले अहिले । कवि भएर सबैको माया नै माया पाएको थिएँ । तर, एउटा राजनीतिक दल आलोचनामा विश्वास गर्ने, सुन्दर विचार लिएर जाने मान्छेले हस्तक्षेप गर्ने, नीतिहरुमा दबाब दिने मान्छेहरुका कारण बलियो हुने हो ।

हामी राष्ट्रवादको कुरा गर्छौं । भारत र चीनको विरोध गरेर राष्ट्रवाद खोज्छौं । तर, राष्ट्रवाद भनेको त आफ्नो मुलुकभित्रको अलग अलग जातजाति, धर्म संस्कृति छन्, तिनीहरुलाई बलियो बनाउनु हो ।

हाम्रो भूमिका भनेको आफ्नो दख्खल भएको क्षेत्रबारे बताउने हो । दृष्टिकोणलाई व्यापक बनाउने हो । तर पनि पार्टी साँघुरो भएर गयो, पुराना पार्टीहरुकै लाइनमा गयो भने त त्यहाँ बसिरहनुको औचित्य पनि त हुँदैन । रास्वपाले अन्य पार्टीहरुले गरेका गल्तीहरुबाट सिकिसकेको छ जस्तो लाग्छ र यो नयाँ ढंगले अगाडि जान्छ ।

– कवि लेखकले सत्तालाई प्रश्न गर्ने हो भनेर भनिन्छ । अहिले तपाईंले त्यो अधिकार गुमाउनुभएको हो ?

एउटा कवि लेखकको ठाउँ भनेको स्वतन्त्र स्पेस नै हो । तर, एउटा कवि वा लेखकले पनि राजनीतिक भूमिका निर्वाह गर्दा उसले केही गर्न सक्छ भन्ने आश हो मेरो । म कविको रुपमा राजनीतिलाई अलग गरेर कविता लेखिरहन्छु नै । बीपीले भन्नुहुन्थ्यो, ‘कार्यकर्ता त्यो हो, जसले नेतृत्वलाई खबरदारी गरिरहन्छ । जसले भनेको मात्रै मान्छ, त्यो दास हो ।’ म चाहिँ दास हुन सक्दिनँ ।

– मान्छेहरुले रास्वपामा अवसर नै अवसर छ भनिरहेका वेला तपाईंको प्रवेश भयो नि ?

मैले त्यसरी हेर्दै हेरिनँ । नेपाली कंग्रेसको एकै सांसदलाई ३० वर्षदेखि निरन्तर भोट दिइरहनुपर्ने अवस्था थियो । यस्ता कुराले पनि वितृष्णा आइरहेको थियो । अनि रास्वपा प्रवेश गर्दा ठीकै हुन्छ भन्ने लागेकाले प्रवेश गरें ।

रास्वपा प्रवेश गरेको छ, त्यहाँ अवसर नै अवसर छ भनिरहेका छन् । अनि मैले मसँग लालच छैन भन्नु पनि एउटा लालच हो भन्ने व्याख्या हुनसक्छ । व्यापक रुपमा इन्टरएक्सन गर्न, आफ्नो विचारलाई टेबुलमा ल्याउने अवसर रास्वपाले दिन्छ भन्ने लाग्छ । यही नपाएर पनि कांग्रेसप्रति वितृष्णा पलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर