बालेनको आरोप- भारतीय गुलामहरुले देश चलाउँदै छन् – Nepal Press

बालेनको आरोप- भारतीय गुलामहरुले देश चलाउँदै छन्

'म मात्र विरोधमा ? सबै मरेका लाशहरू हुन् ?'

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको आरोप लगाएका छन् ।

उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’

उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर