मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछ: गभर्नर अधिकारी – Nepal Press

मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट बिहीबार आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भएकाले मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताएका हुन् ।

उनले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको जानकारी दिए ।

‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरु हुनुहुन्छ, उद्यमी व्यवसायीका पीर, मर्का, अप्ठ्याराहरु एकै किसिमका नै हुनुपर्ने हो । त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो । तर, अहिले एकमुष्ट रुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ’, गभर्नर अधिकारीले भने, ‘मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौं । हामीले प्रशस्त पृष्ठपोषण पाइरहेका छौं । संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौं । यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर