एसईई उत्तीर्ण विद्यार्थीलाई ओलीको सुझाव- अंकको भन्दा पनि रुचिको आधारमा पढ्नुस् – Nepal Press

एसईई उत्तीर्ण विद्यार्थीलाई ओलीको सुझाव- अंकको भन्दा पनि रुचिको आधारमा पढ्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेपछि ओलीले अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’

एसईईको नतिजा गत वर्षको भन्दा सुधार आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर