देव गुरुङ भन्छन्- प्रचण्ड नेतृत्वको बृहत् कम्युनिष्ट एकता अभियानमा ओलीजी पनि आउनुहुन्छ (भिडिओ) – Nepal Press

देव गुरुङ भन्छन्- प्रचण्ड नेतृत्वको बृहत् कम्युनिष्ट एकता अभियानमा ओलीजी पनि आउनुहुन्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बृहत् कम्युनिष्टि एकता अभियान थालेको बताएका छन् ।

क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै केपी शर्मा ओली पनि कम्युनिष्ट एकता अभियानमा आउनुको विकल्प नभएको बताए । अहिले प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा घोषणा भएको छ । त्यहाँ माओवादीसहित नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव सामेल छन् ।

उनले भने, ‘अहिले हामीले कम्युनिष्ट पार्टीहरुको बीचमा पनि एकता गरेर जानुपर्छ । राष्ट्र जोगाउनको लागि सबैको सहकार्य आवश्यक छ । यही ढंगले शैक्षिक क्षेत्रमा पनि विचार मिल्ने संगठनहरुबीच एकता गरेर जानुपर्छ । साम्राज्यवादले विभाजन गराउँन खोज्छ । व्यक्तिव्यक्तिको महत्वकांक्षामा खेल्न खोज्छ । त्यसैले ती कुराबाट हामी सर्तक रहनुपर्छ ।’

उनले देश र जनताको लागि केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताए ।

उनले थपे, ‘हामी अहिले कम्युनिष्टहरुलाई एकतावद्ध बनाउने अभियानमा सुरु गरिसकेका छौं । बाँकी ओलीजीको मात्रै समस्या रहेको छ । त्यो विचार पनि ढिलोचाँडो अन्तत एकतामा जानुको विकल्प छैन । हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा बृहत् कम्युनिष्ट एकतालाई एकताबद्ध गर्ने अभियानमा छौं । यो अभियानमा सबैले साथ दिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु ।’

 


प्रतिक्रिया

One thought on “देव गुरुङ भन्छन्- प्रचण्ड नेतृत्वको बृहत् कम्युनिष्ट एकता अभियानमा ओलीजी पनि आउनुहुन्छ (भिडिओ)

  1. लुटेराहरूको देश लुटने ग्याङ्ममा ओलि आउने कुराको कल्पना पनि नगर । यो ग्याङ् दिल्लीको आदेशमा नेपाल र नेपालीलाई बर्वाद बनाउन बन्ने हो । काँग्रेसका पुच्छरहरू कम्युनिष्ट भन्न लाज लाग्दैन ? लैनचौरको हण्डी बुझ्नेले पनि आफैूलाई कम्युनिष्ट भनेर जग नहसाओ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर