बागमती प्रदेशसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा – Nepal Press

बागमती प्रदेशसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सभामा प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल एकपा नेमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् ।

थपलियाले केहिदिनअघि सार्वजनिक अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका हुन् । काठमाडौं गत सोमबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले सरदार समुदायका व्यवसायी प्रितम सिंहको प्रशंसा गर्दै आफूलाई एक पटक प्रधानमन्त्री बनाउन सिंहले पहल गर्ने क्रममा दिल्ली समेत पुगेको बताएका थिए ।

सोही अभिव्यक्ति राष्ट्रिय स्वाभिमान विरुद्ध भएको एमालेले बताएको छ । सभामा बोल्दै एमाले नेता थपलियाले प्रधानमन्त्रीले गैर जिम्मेवार भएर देशको शीर निहुराउने गरी दिएको अभिव्यक्ति क्षम्य नहुने धारणा राख्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको स्वाभिमानमाथि प्रहार गरेको थपलियाको भनाइ छ ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विरोधमा एमालेले संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा अवरोध समेत गरेको छ भने अन्य प्रदेश सभामा समेत प्रधानमन्त्रीको राजीनामा माग गरिएको छ । प्रमुख प्रतिपक्ष दलका नेताले राजिनमा माग गरेपछि विपक्षी सांसहरुले उठेर हुटिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर