कोशीमा चार दल र सभामुखको संयुक्त सरकार, उद्धव थापालाई बाबुरामको लिखित समर्थन – Nepal Press

कोशीमा चार दल र सभामुखको संयुक्त सरकार, उद्धव थापालाई बाबुरामको लिखित समर्थन

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका छन् ।

एमालेका हिम्मत कार्की नेतृत्वको सरकार ढलेपछि गठबन्धनबाट कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख गौतमले हस्ताक्षर गरेका हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सभामुख भएपछि दलको सदस्यता परित्याग गरेका थिए । सभामुखको भूमिकामा रहेका गौतमले सरकार गठनको लागि प्रदेशसभा सदस्यको हैसियतले हस्ताक्षर गरेका हुन् ।

सभामुख गौतमसहित कांग्रेसका थापा, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाका निर्मला लिम्बुले हस्ताक्षर गरेका छन् ।

सभामुखसहितको हस्ताक्षरमा संविधानको धार १६८ (२) अन्तरगत प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।

कांग्रेसका २९ माओवादी केन्द्रका १३ एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुखलाई पनि गणना गरेर थापाको पक्षमा ४७ सांसदहरुले दाबी पेश गरेका थिए । विपक्षमा एमालेको ४० र राप्रपाको ६ सांसद छन् ।

पक्ष र विपक्षमा ४६/४६ सांसद भएपछि सभामुखले पनि हस्ताक्षर गरेका हुन् । तर, सरकार गठनमा सभामुखले हस्ताक्षर गर्नु संविधान विपरीत भएको आरोप लागेको छ ।


प्रतिक्रिया

One thought on “कोशीमा चार दल र सभामुखको संयुक्त सरकार, उद्धव थापालाई बाबुरामको लिखित समर्थन

  1. लाज शरम पचे पछि जे पनि गर्छन । यी दिल्लीका चपरासीहरू उतैको आदेश मान्छन् ।टोले गुण्डा भन्दा बढी छैन यिनको हैसियत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर