विवादकै बीच कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त – Nepal Press

विवादकै बीच कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई दुई या दुई भन्दा बढी दलको समर्थनमा उनलाई कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । थापालाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले पनि थापाको समर्थनमा हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा रहेका दलले सभामुख बाबुराम गौतमसहितको बहुमत पुर्‍याएर थापा नेतृत्वको सरकार बनाउन दाबी गरेका थिए ।

यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको हो ।

सभामुखले दल त्याग गरिसकेको हुनाले सरकार गठन प्रक्रियामा गणना गरिनु असंवैधानिक हुने भन्दै यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराइसकेको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर