देउवाको गृहजिल्ला पुगेर रविले भने- भ्रष्टाचारको फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र ०८४ पछि टिक्दैन – Nepal Press

देउवाको गृहजिल्ला पुगेर रविले भने- भ्रष्टाचारको फाइल खोलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र ०८४ पछि टिक्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरु सत्ता जोगाउनमा केन्द्रित भएको टिप्पणी गरेका छन् । डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ राजनीतिक दल आएपछि पूरा राजनीतिक दल सुध्रिएलान् भन्ने अपेक्षा गरेपनि नभएको बताए ।

‘सत्ता जोगाउने खेलमा ठुला राजनीतिक दलहरु लागेका छन् । उनीहरुलाई खतराको घण्टी लागेको छैन। यो तोड्नपाए हुन्थ्यो भन्ने लागेको छ । काण्डहरुको भर्खरै खुलासा हुँदैछ’, उनले भने, ‘हाम्रो पहिलो एजेण्डा नै भ्रष्टाचारको जरो उखेल्ने हो । सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खोल्ने काम सुरु गरेको छ । तर म यहीँबाट सरकारलाई भन्छु फाइल खोलेजस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र नगर्नुहोला यदि गरे पनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन ।’

जिस्काउनका लागि फाइनल खोलेजस्तो नगर्न आग्रह गर्दै जनताले ध्यान दिएर हेरिरहेको बताए ।

उनले भने, ‘भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनताले हेरे जनता जनता त्यो काण्डको जरोसम्म पुगेका हेर्न चाहन्छन् । सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै छ । जनता कुरेर बसेका छन् । सरकारले खोलेको फाइल अन्त्यसम्म पुर्याउँने आँट गरोस् । सरकारले राम्रो काम गरे प्रतिपक्षमा भएपछि समर्थन गर्नेछौं ।’

हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर अब नडराइ स्वतन्त्र पार्टीमा गएँ भन्दिन आग्रह गरे। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यावाद दिँदै देशप्रति इमान्दार हुन आग्रह गरे ।

‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई । एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ । प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार र निष्ठावान् पनि हुनुपर्छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर