सानेपामा जुटेका कांग्रेस जिल्ला सभापतिको गुनासो- पार्टी गतिविधि शिथिल भयो – Nepal Press

सानेपामा जुटेका कांग्रेस जिल्ला सभापतिको गुनासो- पार्टी गतिविधि शिथिल भयो

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधिहरु शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन् । उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनले सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अपm्ठ्याराहरुको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।

‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरुले मन्त्रीलाई परेका अपm्ठ्याराका बारेमा राख्नुभएको छ । मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरुले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ’, उनले भने, ‘सँगसँगै पार्टी सभापतिहरुले पार्टीका कार्यक्रमहरुमा केही शिथिलताहरु हुन थाले । केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् । गहिरो ढंगबाट यसलाई छलफल गरोस् । विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरुको धारणा छ ।’

जिल्ला सभापतिहरुको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेण्डा रहेको छ । त्यस्तै, पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेण्डा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर