कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गनिए अमान्य – Nepal Press

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गनिए अमान्य

प्रदेश सरकार गठनमा राप्रपाले गठबन्धनलाई साथ दिएन, ध्यानाकर्षण बुझाउन हिक्मतसँगै भक्ति सिटौला पनि प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशले सभामुख बाबुराम गौतमलाई समेत जोडेर गठबन्धनले बहुमत सिद्ध गर्न खोजेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ । सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएको र सरकार गठनमा गणना गरिए कानून, संसदीय मूल्य मान्यता र अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत हुने भन्दै एमालेले प्रश्न उठाएको हो ।

सभामुख गौतमलाई माओवादी गनेर ४७ सांसदको हस्ताक्षर लिएर गठबन्धन दल साढे ४ बजे सरकार गठनका लागि दाबी गर्न जाँदैछन् । त्यसअघि एमाले संसदीय दलका नेता हिक्मत कार्की र राप्रपाका नेता भक्ति सिटौला प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसले स्वयम् सभामुखको गरिमामा समेत प्रश्न उठ्नेछ ।’

संसद्‍मा भएको अंकगणित तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत देखाए संविधानका मर्मविपरीत हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । पत्रको बोधार्थ सभामुखलाई पनि दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर