प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न गृहलाई सामान्य प्रशासन मन्त्रालयको पत्र – Nepal Press

प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न गृहलाई सामान्य प्रशासन मन्त्रालयको पत्र

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने सिन्धुली गोलन्जोर गाउँपालिका २ का वडाध्यक्ष दौलत कार्कीलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र काटेको छ ।

सामान्य प्रशासन मन्त्रालयले असार १४ गते गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेललाई हातपात र अभद्र व्यवहार गरेको भन्दै वडाध्यक्ष कार्कीले कारबाही गर्न गृह मन्त्रालयलाई पत्र काटेको हो ।

सिन्धुलीका ८ स्थानीय तहहरूमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई हातपात एवं अभद्र व्यवहार गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेका थिए ।

देशभरका सबै कर्मचारीहरूले आत्मसम्मान, आत्मविश्वास एवं उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्नको लागि आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन सामान्य प्रशासन मन्त्रालयले पत्र काटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *