अनेरास्ववियुले गर्यो स्ववियुमा निर्वाचित १०० विद्यार्थीलाई सम्मान – Nepal Press

अनेरास्ववियुले गर्यो स्ववियुमा निर्वाचित १०० विद्यार्थीलाई सम्मान

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको धज्जी उडाएको छ : खिमलाल भट्टराई

रुपन्देही । नेकपा एमालेका पोलिलब्यूरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् ।

नेकपा एमाले रुपन्देही जिल्ला कमिटीद्वारा बुधबार आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताउँदै नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने जनाएका छन् ।

आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको उनको दाबी थियो ।

भट्टराईले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनबाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहि जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटी सदस्य लेखनाथ खनाललगायतले अनेरास्ववियुबाट जितेकाहरुले रचनात्मक काम गरेर देखाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु गरी १०० जनालाई सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर