वान एक्स बेटमा नागरिकता प्रयोग गरेर वालेट खोलिएका व्यक्ति पीडित ! – Nepal Press

वान एक्स बेटमा नागरिकता प्रयोग गरेर वालेट खोलिएका व्यक्ति पीडित !

काठमाडौं । वान एक्स बेटमा पक्राउ परेका व्यक्तिले नागरिकता प्रयोग गरेर वालेट खोलेका व्यक्तिलाई पीडित बनाएर जाहेरी दिन लगाइएको छ ।

दिनेश खड्का नाम गरेका व्यक्तिले दुई जना व्यक्तिको नागरिकता प्रयोग गरी वालेट खोलेर त्यसैबाट वान एक्स बेटिङको कारोबार गरेको पाइएको थियो ।

आफ्नो नाममा वालेट खोलिएका ती व्यक्तिलाई घटनाबारे केही थाहा नभएको भन्दै प्रहरीले उनीहरुलाई पीडितका रुपमा अघि सारेको हो ।

खड्काले ती व्यक्तिहरुको नाममा खोलेका विभिन्न ४२ वटा खाताबाट ३१ करोड रुपैयाँभन्दा बढी रकम अन्य व्यक्तिको खातामा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *