घोराही सिमेन्टको स्थगन आईपीओ खुल्ने, आवेदन दिएकालाई यस्तो व्यवस्था – Nepal Press

घोराही सिमेन्टको स्थगन आईपीओ खुल्ने, आवेदन दिएकालाई यस्तो व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टमा परेको आईपीओ आवेदन फिर्ता लिन सकिने व्यवस्था गरेको छ ।

आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना जारी गरेपछि तीन दिनको समय दिन सकिने व्यवस्था बोर्डले गरेको छ । यस्तै निष्कासन पुनः खोल्न सकिने व्यवस्था पनि गरिएको छ । निष्कासन खुला गरेको समयमा सबै शेयर बिक्री नभए अर्को १५ दिन थप गर्न सकिने प्रावधान राखिएको छ ।

बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ । घोराहीमा आवेदन दिएकाहरूले लगानी झिक्नमात्र नभई थपघट गर्न पनि तीन दिनको समय पाउँनेछन् । बोर्डले अनुसन्धानको लागि भन्दै असार ४ गते कम्पनीको शेयर निष्कासन प्रक्रिया तत्काललाई रोकेको थियो ।

कम्पनीको धेरै आवेदन परेको देखाउन फर्जी आवेदन हालेको पाइएपछि निष्कासन तत्काललाई रोक्का गरिएको थियो ।

एनआईसी एसिया बैंकले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा उधारो आवेदन स्वीकृत गरेको बोर्डको प्रारम्भिक अध्ययनले देखाएको छ । सी-आस्बा सदस्यले आवेदकको खातामा पर्याप्त रकम नभए खातामा पैसा छैन भन्ने जानकारी दिएर आवेदन अस्वीकृत गर्नुपर्नेमा एनआईसी एसियाले खातामा रकम नभइकनै आवेदन स्वीकृत गरेर गम्भीर गल्ती गरेको बोर्डको निष्कर्ष छ । घोराही सिमेन्ट आवेदन प्रकरणमा बोर्डले थप छानबिनका लागि प्रहरीसमक्ष सिफारिस गर्ने जनाएको छ । घोराही सिमेन्टको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर