राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्छ: कमल थापा – Nepal Press

राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्छ: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार  गर्ने बताएका छन् ।

मुलुकको भुराजनितिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रिय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नितिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे ।

आज पार्टी आवद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस कम्युनिष्ट प्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भबिस्यबाणी गरे ।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनबर्गिय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए । भ्रष्टाचार , बेरोजगारी , धर्मपरिबर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिन समेत आग्रह गरे ।

राप्रपा नेपाल असल बिचार , निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली बैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता व्यक्त गरे । कार्यक्रममा जनबर्गिय संगठनका प्रमुखहरुले कार्ययोजना सहित भावी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर