राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको तत्काल राजीनामा (भिडिओ) – Nepal Press

राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको तत्काल राजीनामा (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे। प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।

उनले भने, ‘मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरूसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो । एउटा भारतीय नागरिक, यहाँ व्यापार, विजनेश गर्ने हिसावले बसेको नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ। र, भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ। र, प्रधानमन्त्री बनाउँछ । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ। उहाँले राजीनामा दिनु पर्छ ।’

उनले प्रचण्डलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार नभएको बताए ।

उनले थपे, ‘जब उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्विकार्य छैन । किनभने एउटा प्रक्रियाबाट प्रधानमन्त्री बन्छ । त्यसकारण उहाँले तुरून्तै राजीनामा दिनु पर्छ । र, मार्ग प्रशस्त गर्नुं पर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्विकार्य छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर